शब्दकोशमा थपिने भए कोरोनासम्बन्धी यी शब्दहरु

७ बैशाख २०७७, आईतवार ०३:११

लकडाउन, बन्दाबन्दी, सोसल डिस्टेन्सिङ, क्वारेन्टाइन वा ह्युमन क्वारेन्टाइन, कन्ट्याक ट्रेसिङ, पीपीई लगायतका १२ शब्दहरू प्रकाशोन्मुख रहेको प्रज्ञा बृहत् नेपाली शब्दकोशमा समावेश गर्ने तयारी भइरहेको छ ।

मेरियम शब्दकोशको अनलाइन संस्करणमा जनचेतना फैलाउनकै लागि आफ्नो पूर्वनिर्धारित नियम तोडेर शब्दकोशमा यी शब्दहरू थप गरेको उल्लेख गरिएको छ ।

अक्सफोर्ड शब्दकोशमा थपिएका शब्दहरू :– कोभिड–१९, सोसल डिस्टेन्सिङ, सेल्फ क्वारेन्टाइन, एल्बो बम्प, टु फ्याटन द कर्व, इन्फोडेमिक, पीपीई, आरनट, सेल्फ आइसोलेटेड, सेल्टर इन प्लेस, सोसल आइसोलेसन, डब्लूएफएच वा वर्क फ्रम होम आदि छन् ।

मरियम शब्दकोशले कोरोना भाइरस डिजिज २०१९ को सम्बन्धमा कोभिड–१९, कम्युनिटी स्प्रेड, कन्ट्याक्ट ट्रेसिङ, सोसल डिस्टेन्सिङ, सुपर स्प्रेडर, इन्डेक्स केस, इन्डेक्स पेसेन्ट, पेसेन्ट जिरो, सेल्फ क्वारेन्टाइन लगायत थप गरेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.