२४ लाख भन्दा बढी संक्रमित, अमेरिकामा मृत्यु हुनेको संख्या ४१ हजार

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ।
वोर्ल्डमिटर वेबसाईटको तथ्यांक अनुसार त्यहाँ ४० हजार ६ सय ६१ जनाको ज्यान गइसकेको छ भने सङ्क्रमित हुनेहरूको संख्या साढे सात लाखभन्दा बढी छ।
अमेरिकामा सबैभन्दा बढी मृत्यु न्यूयोर्क राज्यमा भएको छ। ज्यान गुमाउनेमध्ये करिब १४ हजार ५०० न्यूयोर्कमा छन्।
मृत्युका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित इटली छ। त्यहाँ २३,६६० ले ज्यान गुमाएका छन। इटलीमा सङ्क्रमितहरूको संख्या १७८,९७२ पुगेको छ।
त्यस्तै युरोपको दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक स्पेनमा १९६,६६४ सङ्क्रमित छन्। त्यहाँ २० हजार चार सय ५३ जनाले ज्यान गुमाइसकेका छन्।
स्पेनपछि फान्समा १९ हजार ७ सय १५ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या १ लाख ५४ हजार ९७ रहेको छ।
त्यस्तै बेलायतमा १६ हजार ६० जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार १ सय ७२ जना संक्रमित छन्।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस