न्यूयोर्कमा अब अनलाइन विवाह गर्न पाइने


It’s not exactly a beach at sunset, but hey, it’s the person that matters.

As of today, New Yorkers are officially able to get married remotely over video conference. That’s according to New York Governor Andrew Cuomo’s aide Melissa DeRosa, who announced the good news at a Saturday press conference. 

कोरोनाभाइरस सङ्क्रमणको महामारी नियन्त्रण गर्ने प्रयासस्वरूप न्यूयोर्कमा लकडाउन लगाइएसँगै धेरै वैवाहिक कार्यक्रम स्थगित भएपछि त्यहाँका गभर्नर एन्ड्रू कोउमोले अनलाइन विवाहलाई अनुमति दिने आदेशमा हस्ताक्षर गरेका छन्।

अब न्यूयोर्कमाविवाहका लागि अनलाइनबाटै आवेदन दिन पाइनेछ। सम्बन्धित अधिकारीहरूले पनि विवाहको ‘भर्चूअल’ कार्यक्रम सञ्चालन गर्न पाउनेछन्।

अनलाइन विवाहबारे निर्णय गरिसकेपछि कोउमोले ठट्टा गर्दै अब विवाह नगर्न “कुनै बहाना नभएको” बताएका थिए।

“तपाईँ ‘जूम’बाटै गर्न सक्नुहुन्छ। हो कि होइन?” शनिवार उनले भने।
आगामी मे १५ तारिखसम्म न्यूयोर्कमा प्रतिबन्धात्मक व्यवस्था लागु गर्ने निर्णय भएसँगै यस्तो कदम चालिएको हो। कोरोनाभाइरसको सङ्क्रमणका कारण हालसम्म न्यूयोर्कमा १४,००० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।

“We are today signing an executive order allowing people to get their marriage licenses remotely, and also allowing clerks to perform ceremonies over video,” explained DeRosa around the 48:30 minute mark of the conference stream. “So if that’s an avenue people want to go down, it will be available to them.”

Cuomo, who has been criticized for his delayed response to the coronavirus pandemic, then chimed in after initially wondering aloud why his administration hadn’t thought about marriage bureaus. 

“Video marriage ceremonies,” he said, in apparent disbelief. “There’s now no excuse when the question comes up for marriage. No excuse.”

Cuomo went on to endorse one specific video-conference tool: Zoom

“You can do it by Zoom,” he said laughing. “It’s yes or no.”

Cuomo, for his part, is reportedly single.  (Copied from Mashable)

सामाजिक सञ्जालमा भने विवाहसम्बन्धी उक्त निर्णयबारे मिश्रित प्रतिक्रिया देखिएको छ।
परिवारका सदस्य तथा इष्टमित्र सहभागी हुन नसक्ने अवस्थामा विवाह समारोह आयोजना गर्ने विचार किन गर्ने भन्दै कतिपयले प्रश्न सोधेका छन्।

अन्य निर्णयलाई प्राथमिकतामा राख्न नसकेको भन्दै गभर्नरको आलोचना पनि भएको छ।

तर केहीले भने महामारीका बेला विवाहले स्वास्थ्य बीमाबाट व्यावहारिक लाभ हुन सक्ने औँल्याएका छन्।
कानुनी रूपमै विवाह सम्पन्न गराउन इन्टरनेटको सहायता लिने स्थानमा न्यूयोर्क मात्रै छैन।

संयुक्त अरब इमिरेट्स (यूएई)ले पनि आफ्ना देशका नागरिक तथा त्यहाँ बस्दै आएका व्यक्तिले अनलाइन मार्फत विवाह गर्न पाउने घोषणा गरेको छ।

यस्तै किसिमको व्यवस्था अर्को अमेरिकी राज्य कोलराडोमा पनि लागु गरिएको छ। त्यहाँ जोडीहरूलाई विवाहका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने व्यवस्था मिलाइएको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope