कोरोना भाइरस बाट मृत्यु हुने १ लाख ७० हजार, संक्रमित २५ लाख

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघेको छ भने संक्रमितको संख्या झन्डै २५ लाखको नजिक छ ।
निको भएर घर फर्केकाहरुको संख्या भने करिब साढे ६ लाख छ ।
कोरोनाबाट सबैभन्दा अमेरिकामा ४२ हजार माथिको ज्यान गएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्र २ हजार बढीले ज्यान गुमाएका छन् ।
त्यस्तै, हालसम्म इटालीमा २४ हजार माथि , स्पेनमा झण्डै साढे २० हजार माथि र फ्रान्समा २० हजार माथि, बेलायतमा साढे १६ हजार, बेल्जियममा साढे ५ हजार, इरानमा ५ हजार, जर्मनी, चीनमा समान साढे ४ हजार भन्दा माथि संक्रमितको मृत्यु भएको छ ।
यसरि संक्रमित र मृत्यु हुनेको डर हरेक दिन बढिरहेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस