डब्लुएचओ: कोरोना भाईरस बिरुद्दको खोपको उत्पादन तथा वितरण चुनौतिपूर्ण

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइकल रायनले सोमबार खोप चाँडै बने पनि त्यसको पर्याप्त उत्पादन तथा वितरण अति चुनौतिपूर्ण रहेको बताएका हुन् ।
विश्वभरका दुई दर्जन भन्दा बढी कम्पनीले खोपको उत्पादनका लागि काम गरिरहेपनि कोरोना भाइरसको संक्रमण भएका व्यक्तिको उपचार वा भाइरसविरुद्धको खोप अहिलेसम्म बनेको छैन । कम्तिमा तीनवटा सम्भावित खोप अहिले मानवीय परीक्षणको चरणमा छन् ।
अमेरिकाको नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेक्सिअस डिजिजका निर्देशक डा. एन्थोनी फाउचीले कोरोना भाइरसविरुद्धको खोप अझै कम्तिमा १८ महिना पर रहेको अर्थात डेढ वर्षपछि मात्रै प्रयोगमा आउन सक्ने बताएका छन् ।
सबैलाई र सबै क्षेत्रमा उपयुक्त मात्रामा खोपको वितरण या पहुँच होस् भन्नका लागि डब्लुएचओले काम गरिरहेको छ, बिस्व स्वास्थ्य संगठन बताउँछ । त्यसका लागि विश्वभरका सरकार तथा बिल एण्ड मेल्न्डिा गेट्स फाउन्डेसनसहितका गैरसरकारी दातृ निकायसँग पनि परामर्श भइरहेको बताईएको छ ।
खोपको वितरणर महामारीको अवस्था र माग अनुसार सबै क्षेत्रमा समान रुपले हुनु पर्ने पक्षमा विश्व स्वास्थ्य संगठनले विगत दुई दशक भन्दा लामो समयदेखि काम गर्दै आएको र कोरोना भाइरसविरुद्धको खोपको वितरण पनि सोही आधारमा हुनु पर्ने बिस्व स्वास्थ्य संगठनले बताएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस