अमेरिकामा ४५ हजार बढीले ज्यान गुमाईसके, हेर्नुहोस हरेक देशको तथ्याङ्क

अमेरिकमा मृत्यु हुनेको संख्या ४५ हजार २ सय भन्दा बढी छ। आठ लाख १७ हजार संक्रमित पुगेका छन्।
कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २७ सय भन्दा बढीको ज्यान गएपछि त्यो संख्या ४५ हजार भन्दा माथि पुगेको हो ।
संक्रमितको संख्या अझै बढिरहेको छ ।अहिले लगभग ९ लाखको हाराहारीमा छ । अ
मेरिकाको राजधानी न्यूयोर्कमा सबै भन्दा बढीले ज्यान गुमाएका छन्। त्यहाँ १९ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ। न्यूयोर्कमा २ लाख ५६ हजार ५ सय ५५ जना संक्रमित रहेको वोर्ल्डमिटरको तथ्यांक छ। त्यस्तै न्यूजर्सीमा ४ हजार ७ सय ५३ जनाको मृत्यु भएको र ९३ हजार संक्रमित छन्।
अमेरिका पछि इटालीमा ज्यान गुमाउनेको संख्या सबैभन्दा बढी छ। इटालीमा २४ ह्जार ६ स ४८ जनाको मृत्यु भएको छ। स्पेनमा १ लाख ८३ हजार ९ सय ५७ संक्रक्रित छन्।
त्यस्तै अर्को युरोपेली देश स्पेनमा २१ हजार २ सय ८२ जनाको मृत्यु भएको ५ भने २ लाख ४ हजार १ सय १७ संक्रमित छन्। फ्रान्समा २० हजार ७ सय ९६ जनाको ज्यान गइसकेको छ।
फ्रान्समा स्रक्रमितको संख्या १ लाख ५८ हजार ५० छ। त्यस्तै बेलायमा १७ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ। त्यहाँ १ लाख २९ हजार संक्रमित छन्।
विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ४ सय २ छ। संक्रमितको संख्या २५ लाख ५४ हजार ५ सय ६८ रहेको छ।
विश्वभर ६ लाख ९० हजार भन्दा बढी मानिस निको भएर घर फर्किएका छन्।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस