अलमलमा नपर्नुहोस, कोरोना भाईरस कसैले बनाएको होईन, जनवारबाटै सरेको हो

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको उत्पति जनावरबाट भएको र त्यसपछि मानिसमा सरेको जनाएको छ।
अहिलेसम्म प्राप्त प्रमाणहरु अनुसार हाल महामारीको रुप लिएको कोरोना भाइरसको उद्गम थलो चीनको वुहाननै भएको र जनावर नै रहेको विश्व स्वास्थ्य संगठनले स्पष्ट पारेको हो ।
कसैले भाईरस बनाएर छोडेको भन्ने जुन हल्ला छ त्यो नभएको कुरा विश्व स्वास्थ्य संगठनले गरेको छ । उसले भनेओ छ भाईरसको उत्पादन प्रयोगशालामा भएको वा जानेरै बिस्तार गरिएको भन्ने कुरामा कुनै सत्यता छैन ।
उता अमेरिकी राष्ट्रपति ट्रंप भने कोरोना भाइरस मानव निर्मित रहेको वा थाहा पाएरै चीनले फैलाइएको र त्यसो भए चीनले त्यसको गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिइरहेका थिए ।
तर डब्लुएचओकी प्रवक्ता फाडेला चाइबले मंगलबार जेनेभामा भएको पत्रकार सम्मेलनमा भनेकी छन्, प्राप्त सबै प्रमाणहरुका अनुसार भाइरसको उत्पति जनावरबाटै भएको हो ।
यसलाई कुनै प्रयोगशाला वा अन्त कतै बनाएर जानी जानी फैलाइएको होइन ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस