ज्ञानेन्द्र पक्राउ

काठमाडौं । सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । उनलाई लकडाउन उल्लंघनको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
शाही ललितपुरको सुनाकोठीबाटबाट मंगलबार पक्राउ परेका हुन् । सरकारले व्यक्तिगत रुपमा राहत वितरण गर्न नपाउने बताएको थियो तर शाहीसहितको समुह केही दिनदेखि राहत वितरणमा व्यस्त थियो ।
लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिए ।
लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन ।
प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्ला केही दिनहरुमा उनले विभिन्न अन्तरवार्ताहरुमा नेकपा नेताहरुको चर्को आलोचना गर्दै आएका छन्।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस