महामारीको दोस्रो लहर अति भयावह हुनेछ, सिडिसी निर्देशक


अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले विश्वव्यापी महामारीको रुप लिएको नोवेल कोरोना भाइरसको संक्रमणको दोस्रो लहर अहिलेको भन्दा पनि भयानक र चुनौतिपूर्ण हुने सक्ने चेतावनी दिएको छ ।

सिडिसीका निर्देशक रोबर्ट रेडफिल्डले मंगलबार कोरोना भाइरस संक्रमणको दोस्रो लहर आउँदो फ्लू सिजन अर्थात जाडो याममा थप जोखिमपूर्ण भएर आउन सक्ने बताएको अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टले उल्लेख गरेको छ ।

निर्देशक रेडफिल्डले भनेका छन्, ‘हाम्रो देशमा कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयास आउँदो विन्टर (जाडो याम) मा अहिलेको भन्दा पनि चुनौतिपूर्ण हुने सम्भावना छ ।’

उनले अघि भनेका छन्, ‘हामीले यो कुरा अरुलाई पनि भनेका छौँ, उनीहरुले मुन्टो फर्काए, मैले भन्न खोजेको र सम्भावित जोखिम शायद उनीहरुले बुझेका छैनन् ।’ ‘हामी फ्लू महामारी तर्फ गरिहेका छौँ र कोरोना भाइरसको महामारी पनि यथावत छ, यसको चुनौति आँकलन गरिए भन्दा अधिक हुनेछ’ उनले भनेका छन् ।

लगातारका दुई महामारीले कल्पनै नगरिएको चुनौति तथा दबाब स्वास्थ्य सेवामा पार्ने उनले बताएको वासिङ्गटन पोस्टले उल्लेख गरेको छ ।

सिडिसीका निर्देशक रेडफिल्डको यस्तो चेतावनी आइरहेका बेला र कोरोना भाइरसको महामारी नियन्त्रणमा नआउँदै अमेरिकाका धेरै राज्यमा लकडाउन हटाउने वा खुकुलो पार्ने क्रम सुरु भएको छ ।

विज्ञले यसबाट संक्रमण नियन्त्रणमा लिन कठिन हुने र सर्वसाधारणको ज्यान जोखिममा पर्ने चेतावनी दिँदै आएका छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अर्थतन्त्रमा गम्भीर असर पर्ने भन्दै लकडाउन खुलाउनु पर्ने बताएका छन् । यस्तै उनले गभर्नरहरुलाई सोही दबाब दिएका छन् र लकडाउनको विरोधमा प्रदर्शन गर्नेहरुको पनि ट्रम्पले समर्थन गर्दै आएका छन् ।

स्वास्थ्य अधिकारीहरुले भने सामाजिक तथा भौतिक दूरी अझै कामय गरिनु पर्ने बताएका छन् । रेडफिल्डले पनि घरमै बस्नु पर्ने नियम हटाए पनि सामाजिक दूरीको नियम भने लागु गर्न आग्रह गरेका छन् ।

अमेरिकामा अहिलेसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४४ हजार ८४५ पुगेको छ । यस्तै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अमेरिकामा ८ लाख २३ हजार सात सय भन्दा बढी रहेको छ ।

साभार: देश सञ्चार


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope