यस्तो छ मेघ गर्जन, चट्याङ्ग, हावाहुरी र असिना सहित मुसलधारे वर्षा अब आउने तिन दिन


काठमाडौं । उपत्यका लगायत देशभर मुसलधारे वर्षा सुरु भएको छ । पछिल्ला केही दिनहरुमा लगातार मेघ गर्जनसहितको वर्षा भइरहेको छ ।

देशभर मेघ गर्जन, चट्याङ्ग, हावाहुरी र असिना सहित वर्षा भइरहेको भन्दै सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ ।

नेपालमा अहिले हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ ।

हाल देशको अधिकांश स्थानमा सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग, हावाहुरी सहित वर्षा भई रहेको छ । बैशाख ९ गते (मंगलबार) दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख 10 गते (बुधबार) दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी बैशाख 1१ गते (बिहिबार) दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वी भु-भागका थेरै केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope