आफ्नै गाउँ फर्की आएँ, हेर्नुहोस केहि तस्बिरहरु

कोभिड-१९ कारण लकडाउन हुँदा काठ्माण्डौ उपत्यकामा बसोबास गर्दै आएकाहरुको अहिले आफ्नो घर फर्किने लर्को लागिरहेको छ ।
विभिन्न जिल्लाका स्थानीय तहहरुले सामाजिक सञ्चाल मार्फत सूचना जारी गर्दै आ-आफ्ना स्थानीय तहका नागरिक लैजान गाडीको ब्यवस्थापन गरेका छन् । त्यसको लागि उनीहरुले पास पनि जुटाएका छन् ।
यसो हेर्दा कम्तिमा उनीहरु घर फर्कन त पाए भने जस्तो लागे पनि सयौंको भिड घर जान सडकमा आउँदा नागरिकहरुको सुरक्षा चुनौती झन् बढेको छ ।
भक्तपुरबाट दोलखा, रामेछाप, सिन्धुली, बर्दिवास हुँदै तराईका विभिन्न जिल्ला तर्फ स्थानीय तहले समन्वयमा बुकिङ गरेका गाडीहरुले सरकारले तोकेको टिकट दरको दोब्बर रुपैयाँमा यात्रुहरु लगिरहेका छन्, १२खरि लेख्छ ।







साभार: १२खरि
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस