हेरिस, आमाको मुख !


काठमाडौं- कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अहिले देश लकडाउनमा छ ।

आमाको मुख हेर्न भन्दै किनमेल गर्नेहरुको भिड बढेपछि प्रहरीले धमाधम आज बिहीबार बिहान पक्राउ गरेको छ ।

लकडाउनको ३२ औं दिन विभिन्न स्थानबाट ८ सय ७२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २ सय २८ जना महिला छन् । पक्राउ परेकालाई दुई घण्टा सडकमै पर्खाएर राखिएको महानगरिय प्रहरी परिसर प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

यसैगरी, दुई पाङ्ग्रे र चारपाङग्रे गरेर ८८ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ।

डिआइजी पोखरेलले भने– ‘चाडपर्व मनाउने भन्दा रोगसँग जोगिने बेला हो यो ।’

सरकारले चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन सुरु गरेको थियो । बैशाख १५ गतेसम्म लकडाउन जारी रहने छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope