अमेरिकामा भाईरसबाट मृत्यु हुनेको संख्या आधा लाख, एकै रातमा २१ सयको मृत्यु

११ बैशाख २०७७, बिहीबार २०:४३

अमेरिकामा कोरोना भाईरस महामारीबाट मृत्यु हुनेको संख्या आधा लाखको वरिपरि छ ।

ओर्ल्डमिटर वेबसाईट का अनुसार, अहिलेसम्ममा अमेरिकामा झन्डै ५० हजारको मृत्यु भईसकेको छ भने संक्रमितको संख्या करिब ९ लाखको हाराहारीमा छ ।

गत राति मात्रै २१ सयको भाईरसका कारण ज्यान गएको छ ।

त्यसैगरी ईटाली दोस्रोमा आउँछ भने स्पेन, फ्रान्स र बेलायत तेस्रो, चौथो र पाँचौमा आउँछन ।

त्यहाँ मृत्यु हुनेको संख्या क्रमस: २५, २२, २१, र १८ हजार भन्दा माथि छ ।

नेपालमा भने ४८ जना संक्रमित भएका छन तर अहिलेसम्म कसिअकोपनि महामारीको कारण ज्यान गएको छैन । १० जना निको भई घर फर्किसकेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.