अहिलेसम्म कोरोना महामारीबाट कहाँ कति संक्रमित र मृत्यु, यहाँ पढ्नुहोस


कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २६ लाख ३८ हजार नाघिसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै ७८ हजार ७ सय ७९ जना संक्रमित थपिएका छन् ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार नाघिसकेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ६२ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख ५० हजार पुगेको छ भने मृतकको संख्या ४७ हजार ५ सय नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २९ हजार ३ सय ७१ संक्रमित भेटिएका छन् भने २ हजार ३ सय २१ जनाको मृत्यु भएको छ ।

यस्तै स्पेनमा संक्रमितको संख्या २ लाख ८ हजार ३ सय ८९ पुगेको छ भने २१ हजार ७ सय १७ जनाको मृत्यु भएको छ । स्पेनमा बुधबार मात्रै ४ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको छ भने ४ सय ३५ जनाको मृत्यु भएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० जना संक्रमित थपिएका छन् भने ४ सय ३७ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा संक्रमितको संख्या १ लाख ८७ हजार ३ सय २७ पुगेको छ भने मृतकको संख्या २५ हजार नाघेको छ ।

फ्रान्समा बुधबार १ हजार ८ सय २७ जना नयाँ संक्रमित थपिदा ५ सय ४४ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म १ लाख ५७ हजार १ सय २५ जना संक्रमित भएका छन् भने २१ हजार ३ सय नाघेको छ ।

जर्मनमीमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ९५ मा कोरोना पुष्टि भएको छ भने २ सय २९ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या १ लाख ५० हजार ६ सय ४८ पुगेको छ भने ५ हजार ७९ जनाको मृत्यु भएको छ ।

यस्तै बेलायतमा बुधबार ४ हजार ४ सय ५१ जना नयाँ संक्रमित थपिदा ७ सय ६३ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म १ लाख ३४ हजार ६ सय ३८ जना संक्रमित हुँदा १८ हजार १ सय १५ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ९० मा कोरोना पुष्टि भएको छ भने ३६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमितको संख्या २१ हजार ३ सय ७० पुगेको छ भने मृतकको संख्या ६ सय ८१ पुगेको छ ।

नेपालमा भने बुधबार तीन जना नयाँ संक्रमित भेटिएसँगै कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । कुनै कुनै मिडियाले ४८ जना पुगेको पनि हल्ला गरिरहेछन तर त्यसको आधिकारिक पुष्टि भने भएको छैन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope