भारतमा कोरोना भाईरस महामारीबाट मृत्यु हुनेको संख्या ७ सय नाघ्यो

११ बैशाख २०७७, बिहीबार २०:४९

अहिलेसम्ममा भारतमा कोरोना भाईरस महामारीबाट मृत्यु हुनेको संख्याले ७ सय नाघेको छ ।

गतराति मृत्यु हुनेको संख्या ४० भन्दा बढि थपिएपछि अहिले त्यहाँ मृत्यु हुनेको संख्या ७२१ पुगेको छ ।

ओर्ल्डमिटर वेबसाईट का अनुसार, त्यहाँ अहिले २३ हजार ४० जना कोरोना भाईरस संक्रमित छन् । त्यो संख्या भनेको भर्खरै १६ सय ७० जना नयाँ संक्रमित थपिएपछिको हो ।

भारतमा नयाँ संक्रमित थपिए संगै नेपालमा पनि नयाँ कोरोना भाईरस संक्रमितको संख्या बढिरहेको छ । अ

हिलेसम्ममा नेपालमा भने ४८ जना संक्रमित भएका छन तर कसैको पनि महामारीको कारण ज्यान गएको छैन । १० जना निको भई घर फर्किसकेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.