महामारीबाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार नाघ्यो, २७ लाख भन्दा बढी संक्रमित

११ बैशाख २०७७, बिहीबार २०:३६

अहिलेसम्ममा कोरोना भाईरस महामारीबाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार नाघेको छ ।

त्यसैगरी संक्रमितको संख्या २७ लाख भन्दा बढी छ भने निको भएर घर फ़र्किएकाहरु ७ लाख ४५ हजार छन ।

ओर्ल्ड्मिटर वेबसाईटका अनुसार संक्रमित र मृत्यु हुनेको दरमा अहिलेसम्म कुनै कमि आएको छैन, बरु अझ बढ्दो छ ।

अहिले सबैभन्दा बढि संक्रमित र मृत्यु हुने देशहरुमा अमेरिका छ । अहिलेसम्ममा अमेरिकामा झन्डै ५० हजारको मृत्यु भईसकेको छ भने संक्रमितको संख्या करिब ९ लाखको हाराहारीमा छ ।

त्यसैगरी ईटाली दोस्रोमा आउँछ भने स्पेन, फ्रान्स र बेलायत तेस्रो, चौथो र पाँचौमा आउँछन ।

नेपालमा भने ४८ जना संक्रमित भएका छन तर अहिलेसम्म कसिअकोपनि महामारीको कारण ज्यान गएको छैन । १० जना निको भई घर फर्किसकेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.