कतारले कसूरमा जेल परेका १७ नेपालीलाई दियो माफी

१२ बैशाख २०७७, शुक्रबार ०१:५१

कतारले कोभिड–१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जे’ल परेका १७ नेपालीलाई आम माफी दिएको छ ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कै’दीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आम माफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

उक्त घोषणासँगै १७ नेपालीले आम माफी पाएका हुन् ।

आम माफीपछि कतारको बन्दी गृहमा रहेका उनीहरु रिहाइ हुनेछन् ।

लागू औ’षध कारोवारजन्य कसुरमा सजाय भोग्दै आएका १३, चोरी दुई तथा मा दक पदार्थ कारोबार र ठगीको कसूरमा सजाय भुक्तान गरिरहेका एक–एक नेपाली रिहा हुनेछन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.