अमेरिकामा आधा लाख भन्दा बढिको मृत्यु, १० लाख संक्रमित

१३ बैशाख २०७७, शनिबार २२:१६

काठमाण्डौ: अमेरिकामा मृत्यु हुनेको संख्या अहिलेसम्ममा ५४ हजार ६ सय ५२ छ भने संक्रमितको संख्या करिब १० लाख अर्थात ९ लाख ६० हजार ६ सय ५६ छ ।

वोर्ल्ड मिटर वेब्साईटका अनुसार कोरोना भाईरस (कोभीड-१९) महामारीबाट मृत्यु हुनेको संख्या २ लाख नाघिसकेको छ भने, संक्रमित को संख्या ३० लाख २० हजार भन्दा माथि छ । अहिलेसम्ममा निको भएर घर फर्केकाको संख्या ८ लाख ३७ हजार छ ।

२४ घण्टाभित्रमा करिब ८ हजार मानिसको मृत्यु भएपछी यो संख्या २ लाख माथि पुगेको छ ।

यसैगरि संक्रमित र मृत्यु हुनेको संख्या निको हुने संख्याको तुलनामा बढ्दोक्रममा छ ।

अहिलेसम्ममा सबैभन्दा बढी संक्रमित हुने र मृत्यु हुनेको संख्या अमेरिकामा छ भने, ईटाली, स्पेन र फ्रान्स क्रमस दोस्रो, तेस्रो र चौथोमा आउँछन् ।

अमेरिकामा मृत्यु हुनेको संख्या ५४ हजार नाघिसकेको छ भने संक्रमितको संख्या १० लाखको नजिक छ।

ईटालिमा मृत्यु हुनेको संख्या २६ हजार भन्दा माथि छ भने स्पेन र फ्रान्समा २२ हजार भन्दा माथि छ ।

त्यसैगरी बेलायतामा पनि मृत्यु हुनेको संख्या २० हजार नाघिसकेको छ ।

छिमेकी देश भारतमा भने मृत्यु हुनेको संख्या ८०० नाघिसकेको छ भने संक्रमितको संख्या २६ हजार माथि छ ।

यसको प्रभाब नेपालमा पनि पर्ने देखिन्छ । अ

हिले नेपालमा संक्रमितको संख्या ४९ छ भने निको भएर घर फर्केका १२ जना छन् ।

अहिलेसम्म भाईरसका कारण कसैकोपनि नेपालमा मृत्यु भएको छैन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.