कोरोनाको कारण नेपाल उच्छ जोखिममा, विश्व स्वास्थ्य सङठन

१३ बैशाख २०७७, शनिबार ०८:५९

काठमाडौं : नेपाल कोरोना भाइरसको अति उच्च जोखिममा थियो तर अबबाट एक तह तल झरेर उच्छ जोखिममा परेको छ, विश्‍ स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ।

डब्लु एह ओ ले भनेको छ कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा नेपालले खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो। 

छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिएका छन्। 

नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ। कोभिड-१९ को परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.