कोरोना महामारीबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, पढ्नुहोस हरेक देशको अपडेट

काठमाण्डौ: वोर्ल्ड मिटर वेब्साईटका अनुसार कोरोना भाईरस (कोभीड-१९) महामारीबाट मृत्यु हुनेको संख्या २ लाख नाघिसकेको छ भने, संक्रमित को संख्या ३० लाख २० हजार भन्दा माथि छ । अहिलेसम्ममा निको भएर घर फर्केकाको संख्या ८ लाख ३७ हजार छ ।
२४ घण्टाभित्रमा करिब ८ हजार मानिसको मृत्यु भएपछी यो संख्या २ लाख माथि पुगेको छ ।
यसैगरि संक्रमित र मृत्यु हुनेको संख्या निको हुने संख्याको तुलनामा बढ्दोक्रममा छ ।
अहिलेसम्ममा सबैभन्दा बढी संक्रमित हुने र मृत्यु हुनेको संख्या अमेरिकामा छ भने, ईटाली, स्पेन र फ्रान्स क्रमस दोस्रो, तेस्रो र चौथोमा आउँछन् ।
अमेरिकामा मृत्यु हुनेको संख्या ५४ हजार नाघिसकेको छ भने संक्रमितको संख्या १० लाखको नजिक छ।
ईटालिमा मृत्यु हुनेको संख्या २६ हजार भन्दा माथि छ भने स्पेन र फ्रान्समा २२ हजार भन्दा माथि छ ।
त्यसैगरी बेलायतामा पनि मृत्यु हुनेको संख्या २० हजार नाघिसकेको छ ।
छिमेकी देश भारतमा भने मृत्यु हुनेको संख्या ८०० नाघिसकेको छ भने संक्रमितको संख्या २६ हजार माथि छ ।
यसको प्रभाब नेपालमा पनि पर्ने देखिन्छ । अ
हिले नेपालमा संक्रमितको संख्या ४९ छ भने निको भएर घर फर्केका १२ जना छन् ।
अहिलेसम्म भाईरसका कारण कसैकोपनि नेपालमा मृत्यु भएको छैन ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस