फेरी लकडाउन थपिने, जेठ २ गतेसम्म भने उडान बन्द

१३ बैशाख २०७७, शनिबार ०८:१८

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द गर्ने निर्णय लिएको छ ।

उक्त निर्णय गर्न बैठक ४ घण्टासम्म लम्बिएको थियो ।

शनिबार बसेको बैठकले तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको छ । ‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो ।

यसअघि बैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय भएको थियो ।

अब कति थपिन्छ भन्ने निर्णय बाहिर नआएपनि लकडाउनपनि थपिने निर्णय लिएको बुझिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.