किम जोङ को मृत्युको खबर भाईरल


उत्तर कोरियाली नेता किम जोङको मृत्युको खबर भईरल भएको छ । केहि नेपाली संचार माध्यमहरुले समेत आधिकारिक पुष्टि बेगरै न्युयोर्क टाईम्सले छापेको भन्दै समाचार लेखेका छन् ।

अबेर राति हङकङमा चीन समर्थित एक समाचार च्यानलले किमको मृत्यु भएको समाचार प्रशारण गरेको थियो । यहि बिचमा उनको स्वास्थ्य अवस्थाको रहस्य झनै गहिरिदै गएको छ ।

१२ अप्रिलमा मुटुको शल्यक्रिया गरिएका भनिएका नेता किमको स्वास्थ्यबारे सल्लाह दिन चीनले एक टोली प्योङयाङ पठाएको छ ।

शल्यक्रियापछि उनको अवस्थालाई लिएर प्रश्न उठ्ने गरेको छ ।

यसैक्रममा चीनका केही सामाजिक सञ्जालहरुमा कोरियाली नेता किमको मृत्यु भएको अलग अलग दाबी भाइरल बनेका छन् ।

रोयटर्सले चिनियाँ टोली ठाउनुको उद्देश्यबारे केही बताउन नसक्ने उल्लेख गरेको छ ।

दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियामा कुनै असामान्य अवस्थाको संकेत नदेखिएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाली नेता किमको स्वास्थ्य खराब भएका दाबी झुठो भएको बताएका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope