कोरोना संक्रमितको संख्या ५२ पुग्यो

१४ बैशाख २०७७, आईतवार ०९:३९

१४ वैशाख, काठमाडौं ।

झापामा थप एक जना कोरोना संक्रमित फेला परेपछि अब कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यसअघि १२ वैशाखमा झापाका ६२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।

अब नेपालमा कूल संक्रमितको संख्या ५२ पुगेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.