अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, सम्पुर्ण देशको अपडेट तल पढ्नुहोस

१५ बैशाख २०७७, सोमबार २०:५७

बिस्व कोरोना महामारीले आक्रान्त भईरहँदा अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ ।

अहिलेसम्ममा बिस्व्भर संक्रमितको संख्या करिब ३१ लाखको नजिक छ भने छ भने मृत्यु उनेको संख्या २ लाख ११ हजार भन्दा माथि छ । निको भएर घर फर्कनेको संख्या ९ लाख माथि छ ।

अहिले अमेरिकामा कोरोना भाईरस संक्रमितको संख्या १० लाख १० हजार भन्दा माथि छ भने मृत्यु हुनेको संख्या ५६ हजार ७ सय भन्दा माथि छ ।

त्यसैगरी ईटालिमा २७ हजारको नजिक र स्पेन र फ्रान्स्मा २३ हजार माथि छ ।

बेलायतमा मृत्यु हुनेको संख्या २१ हजार माथि पुगेको छ ।

त्यसैगरी छिमेकी देश भारतमा मृत्यु हुनेको संख्या १००० नजिक पुगेको छ भने संक्रमितको संख्या ३० हजारको नजिक छ ।

नेपालमा अहिलेसम्म ५२ जना संक्रमित छ । खुशीको कुरा भाईरसका कारण कसैको मृत्यु भने भएको छैन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.