अर्थ तथा विकास समितिको तीन तहको सरकार विच समन्वय हुनुपर्नेमा जोड


वैशाख १५ पोखरा:
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले विश्वभर फैलिएको महामारी कोभिड १९(कोरोना भाइरस ) नियन्त्रणको लागि तीन तहको सकार विच समन्वय हुन आबश्यक रहेकोको निष्कर्ष निकालेको छ ।

पोखरा नदिपुर स्थित समितिको कार्यालयमा आइतबार भएको छलफलमा बोल्दै समितिका सभापति दीपक कोइरालाले कोभिड १९ नेपालमा रोकथाम र नियन्त्रणको लागि तीन तहको सरकार विच अझै बढि समन्वयको आबश्यकता देखिएको बताउनु भयो ।

सभापति कोइरालाले गण्डकी प्रदेशको बजार अनुगमन टोली संग यस प्रदेशको बजारको अबस्था,मुल्यबृद्धि बारे छलफल गर्नुभयो । अनुगमन टोलीका संयोजक गोकुल शर्मा पौडेलले गण्डकी प्रदेशमा अहिले कुनैपनि सामाग्रीको अभाव नरहेको समितिलाई जानकारी दिनु भयो ।

पौडेलले लकडाउनको अबधीमा कास्की, स्याङ्जा, पर्वत तनहुं लगायतका एक सयभन्दा बढि ठाउँमा अनुगमन गरिएको जानकारी दिनुभयो । टोलीले आपुर्तिलाई सहज बनाउने तर्फ अहिले जोड दिएको बताउनु भयो ।

अनुगमन टोलीका सदस्य एवं उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोइरालाले कम्पनीबाटै केही सामानको मुल्यबृद्धि गरेर पठाएकोले आटा, खाने तेल,रातोदालमा केही मुल्यबढेको पाइएपनि सामानको अभाव भने नदेखिएको बताउनु भयो । उहाँले औषधीको पनि गण्डकी प्रदेशमा अभाव नरहेको जानकारी दिनुभयो ।

यसैविच छलफलमा बोल्दै कास्कीका साहयक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कास्कीमा ग्याँस र खाद्यनमा अभाव नरहेको बताउनु भयो । कालोबजारी गर्नेलाई कारबाही गर्ने बताउदै ढकालले कालोबजारी गर्ने तीनजनालाई कास्कीमा मुद्धाचलाएको बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत लिलाबल्ब न्यौपानेले तीनतहको सरकार विच राम्रो समन्वय भए अहिले देखिएका समस्याको समाधान हुने बताउनु भयो ।

तीनतहकै सरकारको एउटै निर्णय भए काम गर्न सहज हुने उहाँको भनाई थियो । एक उदाहरण दिदै न्यौपानेले चितवनबाट चल्ला ल्याउन प्रदेश र संघीय सरकारले छुटदिएको छ ।

कोत्रे आएपछि महानगरले प्रवेश दिदैन चल्ला पुनं चितवन फर्काइदिदा किसानलाई नोक्सान भएको भन्दै तीन तहको सरकारविच समन्वय हुनुपर्ने जनाउनु भयो ।

समितिका बजारमा चोक्करको मुल्य बढि लिएको,्एलपी ग्यांसको मिति सकिएको ग्याँस सिलिन्डर बजारमा पाइएको लगायतका विषयमा पनि छलफल भएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope