कवितामा एक स्वास्थकर्मिको सुझाब

कबि: जीवन के सी
काेराेना एक सूक्ष्म जिवाणु हाे, यसको चार जात भाछ ।
अल्फा, बिटा, गामा, डेल्टा मध्ये बिटा आज फैलिराछ ।
सन् २००२, २०१२ मा पनि आको थियाे
पहिले नि १६३२ ज्यान लिएर गाको थियाे ।
सार्स, कोभिड भन्दै यसलाई अनेक नाम दिए
कसले के कसले के हरेक उपनाम भए ।
नआतिनुहोस नमात्तिनुहोस धैर्यतासाथ बाच्नुपर्छ
बच्नलाई काेराेनाबाट घरभित्रै बस्नुपर्छ ।
काेराेनाका लछणहरु ध्यान दिएर सबले सुनम
बिषम स्थिति परिहाले निम्न खालका छन् है नियम ।
सुख्खा खाेकी, थकान लाग्नु, ज्वराे सहित सास फेर्न गाह्राे हुनु
यिनै हुन् है मुख्य लछण सबैले जानी लिनु ।
यस्ता लछण देखिएमा डायल गराैं १११५
११३३ गरेपनि सहयाेग गर्ने आउँछन घर ।
पी सी आर (PCR) र आर डि टि (RDT) यसका हुन है परिक्षण बिधि
ढुक्कसँग बस्न सक्छाैं नेगेटिभ भए परिक्षण निती ।
बाहिर गयाैं किनमेल गर्याैं भने घरभित्र पस्दा हात धाैंऊ है
साबुन पानी स्यानिटाईजर हातभरि मस्तसंग लगाउँ है ।
लगाउदा खाेल्दा मास्क विशेष साबधान अपनाऊ है
नाक मुख तिर बाट हाेईन पछाडी डाेरीबाट निकालाैं है ।।
निकालेपछि मास्क हामीले निश्चित ठाउँ फाल्नु पर्छ
ढकनदार फाेहाेर फाल्ने डस्ट्बिन भित्र हाल्नु पर्छ ।
लकडाउनकाे याे बेला खाध्य सङ्कट पर्न सक्छ
भाेकले मर्न दिनुहुन्न सक्दाे सहयाेग गर्नुपर्छ ।
उपचारमा छाैं है हामी खाध्यान्नमा तिमी उठ
संचारकर्मी, सुरक्षाकर्मी, सरकारकर्मी सबै जुट ।।
बरु एक छाक खाऊ, एक सराे लाऊ
यता उता नगरी दुखीसम्म राहत पुर्याऊ ।।।
भुकम्प र नाकाबन्दि हुँदा हामी सब एक भा थियौ
जातभेद,धर्मभेद,अन्याय सबै मेट्दै गा थियौ ।
आज फेरी आको छ परिक्षामा बस्ने
भाइचारालाई कायम गर्दै काेराेनालाई मास्ने ।
आइसोलेसन, क्वारेण्टाईनमा बस्नु परे झट्ट बसौ
नातागाेता,इष्टमित्रसँगपनि दुरी राख्नुपर्छ भन्ने बुझौ ।
मात्तिएमा ज्यान जान्छ आतिएमा जाेखिम बढ्छ
सकरात्मकता र आत्म बिस्वासले उपचारमा सहज पर्छ ।।
सङक्रमितसँग हामी हुन्छाैं तपाईहरु टाढै बस्नुस
विरामीकाे शंका लागे १११५, ११३३ मा फाेन गर्नुस् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस