पौरखी समूहद्धारा पोखरामा १६ हजारलाई खाना

पोखरा, १५ वैशाख
विहानभरी पकाउने । पकाईसकेपछि प्याकिङ । त्यसपछि सडकमा अलपत्र परेकालाई खाना खुवाउने । दाल भात र तरकारी । नियमित परिकार हुनु । त्यही परिकारलाई प्याकिङ गर्दै विभिन्न ठाँउमा गासको अभाव झेलिरहेकालाई खुवाउन व्यस्त हुनु पोखराको पौरखी स्वयम सेवा समूहको काम भएको छ ।
दश दिन सम्म सञ्चालन भएको यो अभियानबाट १६ हजार बढिले खाना खाएका छन । पोखराको पौरखी स्वयंसेवक समूहले गासको अभाव झेलिरहेका सर्वसाधारणलाई बसेकै ठाँउमा खाना खुवाएका हुन । पोखरा–७ स्थित शान्तिनगर बैंक्युटमा खाना पकाउने बन्दोबस्त मिलाईएको छ ।
देश लकडाउनका कारण आफना गाँउघर जान नपाएका सडकमै अलपत्र परेका र काम गर्न नपाएर रासन विहिन भएकालाई पौरखी समूहले खाना खुवाउँदै आएको हो ।
युवाहरुको यो समूहले विपन्नलाई निशुल्क खाना खुवाउँदै आएको समूहका संयोजक जनक पराजुलीले बताए । उनले पोखरा महानगर पालिकाबाट वैशाख १५ गते सम्मका लागि अनुमति लिएको र सोही अनुसार सोमबार साँझ सम्म खाना खुवाएको उनले बताए । लकडाउन थपिए पनि आफुहरुको खाना खुवाने कार्यक्रम भने नथपिएको उनले बताए ।
सर्वसाधारणलाई खाना खुवाउने जिम्मेवारी आफनो काँधमा लिएको पौरखी समूहले १० दिन सम्म खाना नपाएको जानकारी प्राप्त गरेपछि स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा प्रहरीसँग समन्वय गरी खाना पुरुयाउने गरिएको समुहका सदस्य विष्णुप्रसाद बरालले बताए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस