बिस्वमा कोरोना भाईरसबाट निको भएर घर फर्कने ९ लाख

अहिले कोरोना भाईरस माहामारिले बिस्व आतंकित बनाएकोबेला, यो भाईरसलाई जितेर घर फर्कनेको संख्या पनि कम छैन ।
वोर्ल्डमिटर वेबसाईटका अनुसार अहिले बिस्वमा भाईरसबाट संक्रमित भएका तर निको भएर घर फर्केका हरुको संख्या करिब ९ लाख छ, अर्थात ८ लाख ८१ हजार ५ सय २५ ।
भाईरस बाट संक्रमित र मृत्यु हुनेहरुको संख्याको गणना गरिरहँदा यो पनि भुल्नु हुँदैनकि निको हुनेहरुको संख्या पनि त्यहाँ छ ।
अहिले भाईरसबाट संक्रमितहरुको संख्या बिस्वमा ३० लाख माथि छ भने मृत्यु हुनेहरुको संख्या २ लाख माथि छ ।
झन्डै ३ प्रतिशत अर्थात ५८ हजार जति चिन्ताजनक अवस्थामा छन् भने १८ लाखको अवस्था मध्यम छ ।
त्यस्तो आत्तिनु पर्ने भने छैन तर त्यसो भनेर हेलचेक्राई कति पनि गर्ने अवस्था छैन । संयमित भने अवस्य हुनैपर्छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस