काठमाडौं । नेपालमा ५२ जना कोरोना संक्रमित फेला परेपछि गृह मन्त्रालयले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ ।
लकडाउन उल्लंघन बढेको भन्दै कडाई गर्न पनि मातहतका निकायलाई निर्देशन दिएको हो ।

आउँने २५ गतेसम्म लकडाउनमा थप कडाई गर्ने सरकारले निर्णय लिएको हो । त्यसैगरी उपत्यका भन्दा बाहिरबाट आएकाहरुलाईपनि फिर्ता पठाइएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयले सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिएका छन् ।
सडकमा सवारी साधनको चाप बढेको र लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारीलाई चल्न नदिन निर्देशन दिएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com