अमेरिकामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ, यस्तो बिस्वभरिको अपडेट

१७ बैशाख २०७७, बुधबार २१:२३

बिस्व कोरोना महामारीले आक्रान्त भईरहँदा अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ भने कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ ।

अहिलेसम्ममा बिस्व्भर संक्रमितको संख्या करिब ३२ लाख माथि छ भने छ भने मृत्यु हुनेको संख्या २ लाख २८ हजार भन्दा माथि छ । निको भएर घर फर्कनेको संख्या १० लाख माथि छ ।

त्यसैगरी ईटालिमा २७ हजार माथि र स्पेन र फ्रान्स्मा २४ हजार माथि छ ।

बेलायतमा मृत्यु हुनेको संख्या २६ हजार माथि पुगेको छ ।

त्यसैगरी छिमेकी देश भारतमा मृत्यु हुनेको संख्या १ हजार माथि पुगेको छ भने संक्रमितको संख्या ३० हजार माथि छ ।

नेपालमा अहिलेसम्म ५७ जना संक्रमित छ । खुशीको कुरा भाईरसका कारण कसैको मृत्यु भने भएको छैन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.