चेपाङ परिवारलाई घलेको खाद्यन्न सहयोग

१७ बैशाख २०७७, बुधबार ०८:१८

राजेन्द्र न्यौपाने

गोरखा, १७ बैशाख: गण्डकी गाउँपालिका वडा नं १ मकैसिं स्थित स्यामतेस र पाङखोलामा रहेका ३० घरधुरी चेपाङ परिवारलाई अष्ट्रेलियामा रहेका जोन घलेको सहयोगमा खाद्यन्न सहयोग भएको छ ।

माछा खोलामा निर्माणाधिन विकास हाइड्रो पावर कम्पनीका  सञ्चालक समेत रहेका घलेले यस अघि उत्तरी गोरखामा रहेका समस्यामा परेका परिवारलाई समेत सहयोग प्रदान गर्दै आइरहेका छन् ।

आज एक कार्यक्रमका वीच २० बोरा चामल, नुन, तेल गण्डकी गाउँपालिका वडा नंं. १ का सदस्य मीन बहादुर सुनार लगायतको रोहवरमा पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.