थप ३ जनामा कोरोना संक्रमित

थप ३ जनामा कोरोना संक्रमित भेट्टिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । बाराका २ र पर्साका १ गरी थप ३ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी गरेको हो ।
भारतको नयाँदिल्लीस्थित निजामुद्धिन मर्कजबाट आएका जमातीहरुको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण देखिएकाे हाे ।
हेटौंडास्थित ल्याबमा उनीहरुको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ भेटिएको हो । यसबारे स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गरेकाे छ । नारायणी अस्पताल स्रोतका अनुसार वीरगञ्जको सिद्धार्थ स्कुलको क्वारेन्टाइनमा रहेका एक जना र बाराकाे सिमरा क्वारेन्टाइनमा भएका २ जना गरि थप ३ जनामा कोरोना संक्रमण देखिएको हो ।
जमातबाट फर्केर आएकाहरुको सम्पर्कमा रहेका उनीहरु सबै नेपाली नै हुन् । अब नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । यसअघि रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस