स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सा निर्देशिका जारी भएको जानकारी दिएको कुरा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले बुधबार नियमित ब्रिफिङका क्रममा भनेका छन् ।
उनि भन्छन उक्त निर्देशिकामा आयुर्वेद र वैकल्पिक चिकित्सा विधिबाट कसरी रोगसँग लड्ने इम्युनिटी बढाउन सकिन्छ, घरमा उपलब्ध हुने बिभिन्न सामग्रीहरुलाई कसरी सही प्रयोग गर्न सकिन्छ भनेर उल्लेख गरिएको छ।
उनका अनुसार ‘क्वारेन्टाइनमा रहेका बेलामा र अन्य समयमा पनि निराशापन, डिप्रेसनलाई कसरी कम गर्न सकिन्छ, योगा अभ्यासहरु, व्यायामहरुको बारेमा, त्यसैगरी निको भइसकेका व्यक्तिहरुलाई पुनर्स्थापना कार्यमा कसरी यस बिधिबाट मद्दत गर्न सकिन्छ लगायतका विषयहरु निर्देशिकामा सामेल गरिएको छ।’
उक्त निर्देशिका मन्त्रालयको वेबसाइटमा पनि हेर्न सकिने उनले बताए ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com