खुशी फर्काउन भगवानसँग प्रार्थना गर्दै सोभित बस्याल (भिडियो सहित)


पोखरा । पन्ध्र वर्षको उमेरमा ‘ब्यर्थै छ यो जिन्दगी’ गीत रेकर्ड गरी साँगीतिक क्षेत्रमा उदाएका गायक हुन् सोभित बस्याल । उनले २०६१ सालमा ‘जती टाढा भएपनि’ गीत रेर्कड गरे । पहिलो गीतबाटनै उनको चर्चा भयो । फलस्वरुप त्यतिबेला पोखरा आसपासमा हुने कार्यक्रममा उनको सक्रियता बढ्न थाल्यो ।

श्रोता दर्शकको माया र साथले उनी हौसीए पनि । २०६३ मा ‘छुटिने बेला’ बोलको गीत रेकर्ड गरे । यसले पनि उनलाई धेरै माझ चिनायो । अब उनमा एल्बम निकाल्ने हुटहुटी मनमा आायो । अनि जन्मियो ‘न्युरोड’ एल्बम ।

आजभन्दा झण्डै ९ वर्ष अगाडि आएको पहिलो एल्बम न्युरोडले उनको साँगीतिक भविष्य सुमधुर बन्ने संकेत गरेको थियो । पप प्याटर्नका दश गीत समावेश गरीएको यस एल्बममा मनकामना, तिमी विना, कुन दुरी, जानीनौ, आउछेउकी, तिम्रोमाया, मायालु, जति टाढा, छुटीने बेला तथा पोखराको बारेमा वर्णन गर्दै मेरो पोखरा बोलको गीत समावेश थियो ।

गीतका भिडियोले समेत उनको चर्चा सो समयमा बढायो । तर उनले व्यवसाय क्षेत्रको यात्रा सुरु गरिसकेका थिए । उनले त्यतिबेला साँगीतिक क्षेत्रमा भन्दा व्यवसायिक क्षेत्रमानै आफ्नो भविष्य देखे । कारण त्यतिबेला नेपाली साँगीतिक फाँट ओरालो लागेको थियो । एल्बम विक्रि शुन्य तर लगानी बढ्दै गएको कारण आर्थिक रुपमा सुक्ष्म हुने नदेखेरेनै उनले साँगीतिक क्षेत्रको यात्रालाई रोकेर व्यवसायिक क्षेत्रतर्फको यात्रालाई अगाडि बढाए । यसमा उनले सफलता पनि पाए । उनी सफल हुनुमा उनको मेहनत र साथीभाईको सर्पोट मुख्य कारक थियो ।

यो बिचमा बेला–बेलामा उनलाई साँगीतिक क्षेत्रमा लाग्ने रहर पुनः पलाउँदै नपलाएको भने होइन । उनी एउटा अवसरको खोजिमा थिए । जुन अवसर विश्वभरी महामारीको रुपमा फैलिएको कोभिढ १९ ले सिर्जना ग¥यो । सोभित नौ वर्षपछि पुनः साँगीतिक क्षेत्रमा कमब्याक भएका छन् । ‘खुशी फर्काइदेउ’ गीत मार्फत । कोरोना महामारीबाट विश्व आक्रान्त भएको बेला सकारात्मक भावना दर्शक श्रोतालाई सञ्चार गर्न यो गीत तयार भयो । गीतको रचना संगीत समेत बस्यालेनै गरेका हुन् । उनलाई गायनमा प्राप्ती तुलाचनले साथ दिएकी छन् । गीतको म्युजिक भिडियो परिचय टिभी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोलाई उत्कृष्ट बनाउन सुरज श्रेष्ठले मेहनत गरेका छन् ।

अब भने साँगीतिक क्षेत्रमा निरन्तरता दिने उनको तयारी छ । पोखराका सञ्चार तथा कलाकारिता क्षेत्रमा आवद्ध झण्डै २५ जनालाई भिडियोमा देख्न सकिने सोभितले जनाए । ‘अब म नौ वर्षपछि साँगीतिक क्षेत्रमा कमब्याक भएको छु, अब भने साँगीतिक क्षेत्रमा निरन्तरता दिनेछु’, उनले भने ।

चलचित्रमा अभिनयसमेत गर्न भ्याएका बस्यालले पोखराबाट निर्माण गरीएको डिजिटल चलचित्र ‘मार्केट’ र ‘पाप’ मा अभिनय सँगै कथा पनि लेखी पाप चलचित्रबाट राष्ट्रिय स्तरको डि–सिने अवार्डमा ‘सर्वोत्कृष्ट कथा अवार्ड’ जितेका थिए । बस्यालले २० वटा म्यूजिक भिडियो निर्देशन समेत गरीसकेका छन् ।

उनले अन्नपूर्ण म्यूजिक एवार्डमा वेस्ट म्यूजिक भिडीयो एवार्ड जितेका थिए । पछिल्लो समयमा परिचय नेटवर्क अनलाइनका सञ्चालक समेत रहेका उनी परिचय एडभर्टाइजिङ प्रालिका सञ्चालक हुन् । परिचय नेटवर्ककै प्रस्तुतीमा भिडियो निर्माण गरिएको हो ।

हेर्नुहोस भिड्यो:


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope