रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ ।
सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा गएराति बाटो नै निधन भएको अधिकारीकी कान्छी छोरी अल्पना रेग्मी बताइन् ।

कांग्रेस नेतृ नोना कोइरालाको बहिनीसमेत रहेकी रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।
२७ नोभेम्बर १९३६ मा वीरगञ्जमा जन्मिएकी उनको बाल्यकाल भारतकाे बनारसमा बितेकाे थियो ।
सानैदेखि शास्त्रीय गायनमा सक्रिय रानुदेवीले पहिलोपटक २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन् ।
विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको तत्कालिन प्रजातन्त्र रेडियोमा गाउन रानुदेवीलाई तारिणीप्रसाद कोइराला प्रोत्साहन गरेका थिए ।
इतिहास विषयमा एमएसम्मको अध्ययन गरेकी रानुदेवीका १ छोरा र २ छोरी रहेका छन् ।
साभार : शिला पत्र
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com