नेपालगञ्जका चार स्थान सिल

१९ बैशाख २०७७, शुक्रबार ०७:१०

बैशाख, १९ नेपालगन्ज । शुक्रबार थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछी नेपालगन्जका चार स्थानलाई सिल गरिएको छ ।

नेपालगञ्जको डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताउनुभयो ।

कोरोना संक्रमित देखिएका ब्यक्ति डिएसपी रोड, महेन्द्र पार्कका ६० वर्षीय पुरुष हुन् ।रतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

संंक्रमित ब्यक्तिका श्रीमती, छोरा तथा नजिकका छिमेकीहरुको पनि कोरोना जाँच गरिने भएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.