प्रधानमन्त्रीको सपना बाड्ने अर्को कबिता

भर्खरै प्रधानमन्त्री के पी ओलीको कबिता छापिएको छ ‘अब आँसु खसाउनु पर्दैन’ शिर्षक दिएर । हरफहरु केहि पद्यमा छन् केहि गद्धमा छन् ।
उही के पी ओली ले हरेक दिन गफ गरेजस्तो लाग्ने । सपना बाँडे जस्तो लाग्ने । मुखले ठिक पारे जस्तो लाग्ने ।अल्मल्याए जस्तो लाग्ने हरफहरु छन् । उक्त कबिता पढेपछि कबिता वास्तबमा के हो भनेर अलमलमा परिन्छ । पढ्नुहोस तल प्रधानमन्त्रीको कबिता ‘अब आँसु खसाउनु पर्दैन’ ।
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
नेपाली मर्न पर्दैन
बढ्यो नेपाल अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाल्नु पर्दैन
सामाजिक न्याय र समानता
अधिकारसम्पन्न जनता
मेची-काली, पहाड-तराई
निर्भय वातावरण सुरक्षित नारी
अब आधुनिकतामा बढ्यो नेपाल
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
फाटोका खेती कुहिन्छन्
स्वार्थी हिंसा तुहिन्छन्
अब चेलीका चुरा फुट्दैनन्
कोही टुहुरा पर्दैनन्
गणतन्त्र हो यो गणतन्त्र
शक्तिका स्रोत जनताको
जनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
साच्चै हो त अब नेपाली जनताले आँसु खसाउनु पर्दैन कि कि फेरी पनि गफ हो । २ वर्षभित्रै बेजिंग-काठमाडौं चल्ने चुच्चे रेलको गफ गरे जस्तै, दुई वर्षभित्र घरघरमा पाइपबाट आउने ग्यासको गफ गरे जस्तै । दुई वर्षभित्र उत्तरतिर सातवटा नाका खोल्ने गफ गरे जस्तै । दुई वर्षभित्र हावाबाट बिजुली निकाल्ने र स्याटेलाइटबाट बेचेर धनी बन्ने गफ गरे जस्तै । दुई वर्षभित्र सात वटा स्मार्ट सिटी बनाउन र देशभर विद्युतीय बस चलाउने गफ गरे जस्तै ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस