बिहारमा १० वर्षीया बालिकामाथि सामूहिक बलात्कार

१९ बैशाख २०७७, शुक्रबार ०६:०९

पटना- शुक्रबार बिहान एक १० वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ। भारतको बिहारस्थित वैशाली जिल्लामा उक्त घट्ना भएको हो। चकलेटको प्रलोभन देखाएर चार जना पुरुषले सामूहिक बलात्कार गरेका हुन्।

गाउँका कृषकहरुले बेहोस अवस्थामा बालिकालाई मकैबारिमा भेटेका थिए। त्यतिबेला उनी रक्ताम्य थिइन्।

तत्काल उनलाई नजिकैको सामूदायिक अस्पताल पुर्‍याइएपनि चिकित्सकले सादर अस्पताल लैजान रिफर गरेका थिए।

‘बालिका गम्भीर ट्रमामा छिन्। हामी उनको स्वास्थ्य सुधारको पर्खाईमा छौँ। त्यसपछि घटनाबारे बुझ्ने छौँ’, वैसालीका डीएसपी नुरुल हकले भने‍।

बालिकाका आफन्तले चार जना पुरुषविरुद्ध जाहेरी दिएका छन्। ती सबै आरोपित फरार रहेको प्रहरीले दावी गरेको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.