सरकारले लकडाउन खुकुलो पार्ने


काठमाडौं । सरकारले लकडाउन खुकुलो पार्ने तयारी गर्दै गरेको जानकारी आएको छ ।

स्रोतका अनुसार वैशाख २५ गतेदेखि खुकुलो हुने जानकारीमा आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा दैनिक जीवनयापन सहज हुने गरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन् ।

भानुभक्त ढकालले भने, ‘‘दीर्घरोगी अस्पतालको सेवाबाट वञ्चित हुने, लकडाउनका कारण घरमा बिरामी भए अस्पतालसम्म पुर्‍याउन नसकिने अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्सलाई एकीकृत बनाएर कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको छ ।”

उनले अब सहजीकरण गर्दै जाने तयारी रहेको बताए । उनले कृषि, उद्योगधन्दाहरु र अरु विभिन्न विषयमा अतिरिक्त महत्त्वपूर्ण कुराहरुमा पनि ध्यान दिने बताए ।

अहिले लकडाउन वैशाख २५ गतेसम्मका लागि छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope