नेपालमा फेरि १० जना थप संक्रमीत

नेपालमा थप १० जनामा कोरोनाभाइरस सङ्क्रमण भएको सरकारले आइतवार पुष्टि गरेको छ।
योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६९ पुगेको छ। तीमध्ये १६ जना निको भइसकेका छन्।
प्रदेश नं ५ को बाँके जिल्लामा नेपालगन्जमा नौ र प्रदेश नं २ को पर्सा जिल्लाको वीरगन्जमा एक गरी कुल दश जनामा कोभिड-१९ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अहिलेसम्म देशका सातमध्ये छवटा प्रदेशमा कोभिड-१९ भएका व्यक्ति फेला परेका थिए।
को हुन् सङ्क्रमित व्यक्ति?
वीरगन्जमा ३६ वर्षीय पुरुषमा र नेपालगन्जमा पाँच पुरुष र चार महिलासहित नौ जनामा सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
स्रोत बिबिसी नेपाली सेवा
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस