सुत्केरीलाई महानगरको कोशेली


पोखरा २२ बैशाख । कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन(बन्दाबन्दी)को अवस्थामा छ । लकडाउनका कारण सुत्केरी भएर घरमै बसेका महिलाहरु माइती जाने त परैको कुरा आफना आफन्त समेत भेटन आउन पाएका छैनन् ।

त्यसैले पोखरा महानगरले चैत ११ गतेपछि सुत्केरी भएका महानगरभित्रका महिलालाई भेटने र कोशेलीका रुपमा घिउ, हर्लिक्स, तेल, सावुन सहित नगद पाँच सय रुपैयाँ उपलब्ध गराएको छ । आफना आफन्त आउने र माइतीको अत्यास मेदाउटै अभिभाबकीय भुमिका निर्वाह गरेको छ । महागनरले पहिलो दिन आइतबार १८ जनालाई सुत्केरी महिलालाई पौष्टिक आहार उपलब्ध गराएको हो । महागनरले उपलब्ध गराएको पौष्टिक आहारमा एक किलो घिउ, एक किलो हरलिक्स, एक लिटर तेल, एउटा साबुन र नगद पाँच सय रुपैयाँ उपलब्ध गराइएको छ ।

सुत्केरी महिलाहरुलाई आवश्यक पर्ने पौष्टिक आहारको अभाव भएको गुनासो आएपछि महागनरले १५ सय रुपैयाँ बराबरको प्याकेज सहित नगद पाँच सय रुपैयाँ दिने निर्णय गरेको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope