कोरोना भाइरस चिनियाँ प्रयोगशालामा बनेको हो

२२ बैशाख २०७७, सोमबार ०५:५१

२२ वैशाख, काठमाडौं ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कोरोना भाइरस (कोभिड–१९) चिनियाँ प्रयोगशालामा बनेको भनेका छन् । उनले त्यहाँ बनेको भन्ने ‘पर्याप्त प्रमाण’ रहेको दाबी पनि गरेका छन्, दि गार्जियन लेख्छ ।

आइतबार एक अन्तर्वार्तामा उनले यसो भनेका हुन् ।तर उनले आफ्नो आरोप पुष्टि गर्ने कुनै प्रमाण भने दिएका छैनन् ।

कोरोना भाइरसको उत्पत्तिलाई लिएर अमेरिका तथा चीनबीच आरोपप्रत्यारोप चलिरहेका बेला अमेरिकी विदेशमन्त्रीले पुनः चीनमाथि आरोप लगाएका हुन् ।

स्रोत: दि गार्जियन

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.