सांसद बिद्या भट्टराईद्वारा पोखराको कोरोना कोषमा पचास हजार सहयोग

पोखरा ,बैशाख २२
पाेखरा महानगरकाे प्रकाेप ब्यबस्थापन काेषमा प्रतिनिधिसभा सदस्य बिघा भट्टराईले ५० हजार सहयाेग गरेकी छ्न । दिबङ्गत नेता रबिन्द्र अधिकारीकाे ५१ औ जन्मजयन्तीकाे अबसरमा भट्टराईले पोखरा महानगर पालिकाका मेयर मान बहादुर जि सि लाई सो सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।
भट्टराईले कोरोना नियन्त्रण र रोकथामको लागि आफुले सहयोग गरेको भन्दै सो को लागि तीन तहका सरकारहरु समन्वय गर्दै अझै उच्च स्तरले लाग्नु जरुरी भएको बताईन । उनले नियन्त्रणमा सरकारले अघि सारेका कार्यक्रमहरुलाइ साथ दिन आम कास्की बासी जनसमुदायलाई आग्रह समेत गरिन ।
यसै गरि रबिन्द्र अधिकारीको ५१ औ जन्मजयन्तीको अवसरमा रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले पोखरा १७ छोरेपाटनमा स्यानिटाइजर टनेल स्थापना गरेको छ।
सो टनेल सोमबार सामाजिक दुरि कायम गर्दै आयोजना गरिएको बिशेष कार्यक्रममा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको प्रतिष्ठानले जानकारी दिएको छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस