जंगली च्याउ खाँदा अर्घाखाँचीमा आमा छोरीको मृत्यु

२३ बैशाख २०७७, मंगलवार ०८:२३

२३ वैशाख, बुटवल । जंगलबाट ल्याएको च्याउ खाँदा अर्घाखाँचीमा एकै परिवारका आमा छोरीको मृत्यु भएको छ । आखिरमा उक्त च्याउ जंगली रहेछ । अहिले परिवारकै अन्य दुई जना बिरामी भई उपचाररत छन् ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६ खिल्जीका ३२ वर्षिया रामकला महतरा र उनकी छोरी ७ वर्षीया वीपासा महतराको मृत्यु भएको हो । विषालु च्याउ खाएर बिरामी भएपछी उनीहरुलाई बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचार क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.