पत्रकारलाई प्रहरीले गरे दुव्र्यवहार

बैशाख २३, राष्ट्रिय दलित पत्रकार संघले संघका केन्द्रीय सल्लाहकार तथा पोखराबाट सञ्चालित ‘आवर अल न्यूज डटकम’का सम्पादक पत्रकार प्रेम नेपालीलाई समाचार संकलन गर्ने क्रममा आज दिउँसो १२ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी परिसरमा प्रहरीबाटै गरिएको दुव्र्यवहारप्रति हाम्रो संघको ध्यानाकर्षण गराएको छ ।
पोखरा बाटुलेचौरमा भएको जातिय विभेदसम्बन्धि घटनालाई लिएर पीडकलाई पक्राउ गर्न दबाब दिँदै पिडित पक्ष, कानुन व्यवसायी, जनप्रतिनीधिहरु समेत जिल्ला प्रहरी कार्यालय पुगेको र सोही घटनाको समाचार संकलन गरिरहँदा नेपालीले फोटो खिच्दै गर्दा प्रहरी अधिकृतले नै फोटो नखिच्न भन्दै क्यामेरा खोस्ने र दुव्र्यवहार गरेको भनि राष्ट्रिय दलित पत्रकार संघ, गण्डकीले यसप्रति खेद प्रकट गरेको छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस