सातै प्रदेशका सभापतिहरुसंग भिडियो कन्फरेन्स


वैशाख २२
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले सातवटै प्रदेशका अर्थ समितिका सभापतिहरु संग आइतबार भिडियो कन्फरेन्स गरेको छ ।

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको भिडयो कन्फरेन्समा सातै प्रदेशका सभापतिहरुको सहभागिता रहेको थियो । सातै प्रदेशका सभापतिहरुले कोरोना रोकथाम र नियन्त्रणको लागि ७७ वटै जिल्लामा कोरोना भाइरस (कोभिड१९)को स्वाब परीक्षणको ब्यबस्था मिलाउन संघिय सरकारलाई सुझाब दिने निणय गरेको छ ।

सभापतिहरुले अब लकडाउनको तरिका परिबतन गरर्नुपर्ने निष्र्कष निकालेकाछन् । बजेट निर्माणमा समितिको भुमिका बढाउनुपर्ने , प्रि–बजेट छलफललाई प्रभावकारी बनाउनु पर्ने बारे सभापतिहरुले छलफल गर्नुभयो । प्रदेशको आफ्नो स्रोत बढाउनको लागि राजश्व संकलनको दायार बढाउन प्रदेश सरकारलाई सहयोग गर्नेपनि समितिले निर्णय गरेको छ ।

समितिले सावर्जनिक खरिद ऐन परिमार्जन गर्नकोलागि सरकारलाई सुझाब समेत दिएको छ । सरकारले बजेट निर्माण गर्दानै स्पष्ट शिर्षक खुलाएर ल्याउनु पर्ने ,आगामी बजेटमा जन स्वास्थ्य, कृषि ,उद्योग तर्फ केन्द्रित गारउन समितिले पहल गर्ने निर्णय गरेको छ ।

सभापतिहरुले खाद्यन अभाव हुन नदिन कामको लागि खाद्यन कार्यक्रम सरकारले ल्याउनु पर्ने , विकास निर्माणको लागि खाद्यन जस्ता कार्यक्रम ल्याउन आबश्यक रहेको बारे छलफल गर्नुभएको थियो । बजेट वितरणमुखी नभएर परिणाममुखि बनाउन समितिले जोड दिने निर्णयपनि गरेको छ ।

भिडियो कन्फरेन्समा समितिका सभापतिहरु प्रदेशनं १ बाट मोहन खड्का,प्रदेश २बाट मनिस सुमन,बाग्ममती प्रदेशबाट सरेश नेपाल, गण्डकी प्रदेशबाट दीपक कोइराला ,प्रदेशनं ५बाट दधिराम न्यौपाने,कर्णाली प्रदेशबाट अमरबहादुर थापा र सुदूरपश्चिम प्रदेशबाट हर्कबहादुर कुवंर र सचिवालयका कर्मचारीको सहभागिता रहेको छलफलमा समितिको संगठानात्म स्वरुप,प्रमुख उपलब्धी लगायतको बारेमा समेत छलफल भएको समितिले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode