‘लकडाउन मोडालिटी’ बनाइँदै

लकडाउनको समय बढ्दै गएको अवस्थामा सरकारले आर्थिक क्रियाकलापमा केही खुकुलो बनाउने तयारी गरेको छ । मंगलबार प्रधानमन्त्रीकै उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको मोडालिटी तय गर्ने र उद्योगहरू कसरी सञ्चालन गर्ने भन्ने विषयमा पनि निर्णय लिने बताइएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाको फैलावट कम गर्ने महत्त्वपूर्ण उपाय नै लकडाउन भए पनि मापदण्डलाई दृष्टिगत गरेर केही आर्थिक क्रियाकलाप हुन दिने गरी योजना बनाउन थालिएको बताए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राखेको छलफलमा मन्त्री भट्टले विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य मन्त्रालयले निर्धाण गरेको मापदण्ड पालना गरेर केही उद्योग सञ्चालनको तयरीमा रहेको जानकारी पनि गराए ।
मन्त्री भट्टका अनुसार पहिलो चरणमा खाद्य तथा अत्यावश्यक उद्योगहरूलाई सञ्चालन गर्ने । दोस्रो चरणमा निर्माणका सामग्री उत्पादन गर्ने उद्योगहरू सञ्चालन गर्ने र तेस्रो चरणमा निर्यात गर्न सकिने सामान उतत्पादन गर्ने उद्योगहरू सञ्चालन गर्ने गरी छलफल भएको जानकारी गराए ।
संक्रमणको अवस्थालाई हेरेर ३ क्षेत्रमा केन्द्रित गर्ने र त्यसका आधारमा छलफल गरी बुधबार बस्ने मन्त्रिपरिषद्बाट नयाँ मोडालिटीअनुसार काम गर्ने निर्णय लिइने बताइएको छ । उद्याेग सञ्चालनका लागि रेड, एल्लो र ग्रिन जोन गरी ३ भागमा विभाजन गर्न खोजिए पनि अझै क्षेत्र पहिचान नगरिएको मन्त्री भट्टले जानकारी गराए ।
समितिले सोमबार पनि जनस्वास्थ्य विज्ञहरूसँग छलफल तथा परामर्श गरेको थियो भने मंगलबार पुन: प्रधानमन्त्रीकै उपस्थितिमा छलफल गर्न थालेको हो ।
नेपाल सरकारले ११ चैतबाट देशमा लकडाउन लगाएकोमा अहिले २५ वैशाखसम्म तोकिएको छ, लकडाउनको अवधि अझै बढाउने तयारी गरिएको छ ।
सम्पुर्ण साभार: शिलापत्र
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस