आज बुद्ध जयन्ति, कोरोना भाईरसको महामारीमा पढ्नै पर्ने बुद्ध का यी सन्देश हरु


काठमाडौं । आज भगवान् गौतम बुद्ध लाई सम्झिने दिन तर उनलाई समाहित हरेक दिन गर्नु आवस्यक छ । यो समयमा त झन् उनका उपदेश उत्तिकै सान्दर्भिक छन् । उनलाई हामि शान्तिका दुत मान्छु । उनले मानव जीवनलाई अर्थपूर्ण र उपयोगी बनाउने विभिन्न उपदेश दिएका छन् । पढ्नुहोस उनले दिएका उपदेशहरु:

१। घृणाले घृणालाई कहिल्यै समाप्त गर्न सक्दैन । यो एउटा प्राकृतिक सत्य हो कि प्रेमले मात्र घृणालाई पगालेर जित हासिल गर्न सक्छ ।

२। तपाईले हजारौँ लडाइँहरु जित्नुभन्दा आफूमाथि नै विजय प्राप्त गर्न सक्नुभयो भने मात्रै जितको अनुभव सधैँ गरिरहनुहुनेछ । यसका लागि हामीले आफ्नो मनमस्तिस्कलाई काबूमा राखेर काम गर्न सक्नुपर्छ । म के गरिरहेको छु ? मैले गर्नुपर्ने काम के हो ? भन्ने प्रश्न आफूलाई बारम्बार सोधिरहनुहोस् ।

३। सत्यको बाटोमा हिँड्ने मानिसले केबल दुईवटा गल्ती मात्र गर्न सक्दछ । पहिलो गल्ती भनेको आफ्नो पूरा बाटो निश्चित नगर्नु र दोस्रो गल्ती सत्यको यस बाटोको सुरुवात नै नगर्नू । यस बाटोमा हिँड्दा पैदा हुने डर र सङ्कोच क्षणिक मात्र हो भन्ने हामीले बुझ्नुपर्छ ।

४। एउटा बलिरहेको दियोले अरु हजारौँ दियो बाल्न सक्छ । तरपनि उसको उज्यालो कहीँकतै कम हुँदैन । त्यस्तै जीवनमा खुसी बाँड्दा यसरी नै बढ्छ, कम हुँदैन ।

५। तपाईले आफ्नो क्रोध, रिस र रागका लागि सजायँ भोग्नुपर्दैन किनकी क्रोध, रिस र राग आफैँमा सजाय हो ।

६। शङ्का गर्नु एउटा भयानक बानी हो जसले दुई व्यक्तिप्रतिको आत्मियता र मित्रतालाई तोडिदिन्छ ।

७। सुखी र खुसी हुने एउटै मात्रै तरिका छ । त्यो भनेको भूतकालमा अल्झिएर बस्नुहुँदैन, भविष्यको सपनामा डुबेर बस्नु पनि हुँदैन र हामीले केबल वर्तमानलाई उपयोगी बनाउनमा ध्यान दिनुपर्छ ।

८। रिस गर्नु भनेको जलिरहेको कोइलालाई अरुमाथि फ्याँक्नका लागि हातमा लिनु सरह हो । त्यसले सबैभन्दा पहिले आफैँलाई जलाउँछ र आफैँलाई पोल्छ ।

९। आफ्नो लक्ष्यमा पुग्नु भन्दा पनि महत्वपूर्ण भनेको लक्ष्य प्राप्त गर्नुअघि सफलतापूर्वक यात्रा गर्न सक्नु हो । हजारौँ शब्द भन्दा शान्ति ल्याउने एउटा शब्द धेरै शक्तिशाली हुन्छ।

१०। सूर्य, चन्द्रमा र सत्यलाई कसैले लुकाउन सक्दैन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope