क्याप्टेन बिजय लामाले गरे ईतिहासकै पहिलो अष्ट्रेलियामा नेपाली एयरलाईन्सको अबतरण

आज फेसबुकमा क्याप्टेन बिजय लामाले इतिहासकै पहिलो सिड्नी फ्लाईट गरेको भनेर पोस्ट गरेका छन।

उनी लेख्छन, ‘हामी द्वय बिजय लामा र क्याप्टेन जेम्सले आज बिहान 8 बजे अस्ट्रेलियाको सिड्नी अवतरण गर्यौ” उनी भन्छन यो इतिहासकै पहिलो सिड्नी फ्लाईट हो। उक्त नेपाली एयरलाइन्सले कर्मचारी सहित गरेर करिब ३०५ जनाको उडान गरेको छ।
उनी लेख्छन, ‘यो आफैमा एउटा उपलब्धी हो भने अझै ठूलो उपलब्धी भनेको मलेसियामा ३० हजार कोविड १९ को परिछण किट्स को साथै अर्को ३० हजार RNA Extraction KIT हामिले समयमा प्राप्त गरि जहाजमा लोड गरि नेपाल भित्राउन आटेकोमा धेरै खुसी अनि आनन्द महसुस भएको छ’। यी किट्सहरु अहिले हाम्रो देशमा धेरै आवश्यक छ, उनी भन्छन।
यो कार्यमा आफू धेरै खुशी भएको उनी बताउछन् ।त्यसै क्रममा उनी लेख्छन, ‘भाइ रन्जित आचार्यको पहलमा साथ मिलि मैले पनि रास्ट्रको लागि केही योग्दान पुर्याउन पाएकोमा भाग्यमानी महसुस गरे र धन्यबाद सबैलाइ यो अवसर दिनु भएकोमा।’

हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस