नेकपा चितवनका सेक्रेटरी सुबेदी पक्राउ


सुर्य बराल, चितवन:

नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका केन्द्रिय नेता तथा साहित्यकार अनिल शर्मा बिरही पक्राउ गरेको चितवन प्रहरीले १२ घण्टा नबित्दै नेकपाकै अर्का नेतालाई चितवनबाट गिरफ्तार गरेको छ ।

प्रहरीले नेकपा चितवनका सेक्रेटरी बिजय शर्मा नामले परिचित दुर्गा सुबेदीलाई केही बेर अघि पक्राउ गरेको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

पारिवारिक श्रोतका अनुसार घरमा खान खान आएका सुबेदीलाई चितवन सादा पोशाकका प्रहरीले पिछा गर्दै आएको र उनीहरुले नै समातेर लगेको जानकारी दिए ।

यता चितवन प्रहरी श्रोतले सुबेदीलाई पक्राउ गरेको पुष्टि गरेको छ ।

चितवन प्रहरीले उनलाई प्रहरी हिरासतमा राखीसकेको प्रहरी श्रोतले भण्डाफोर अभियानलाई जानकारी दिदै लकडाउनको कारण आफ्नै घर नजिक आएका बिप्लवका कार्यकर्ताको निगरानी बढाईएकोले सुबेदीलाई पक्राउ गर्न सफल भएको दाबी गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope